स्वीस बैंकमा ७० अर्ब जम्मा गर्ने नेपालीहरु को को हुन् ?

काठमाडौं। पूर्व अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र लोहनीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोधेका छन्– ‘स्वीजरल्याण्डको बैंकमा नेपाली ठालुहरुले जम्मा गरेको करिब ७० अर्ब रुपैंयाँबारे केही जानकारी छ कि?’

सन् १९९६ मा १ दशमलव ४६ अर्ब विदेशी मुद्रा नेपालीले स्वीस नेशनल बैंंकमा जम्मा गरेको तथ्यांक बैंकले नै सार्वजनिक गरेको थियो भने पछिल्लो रिपोर्टमा सन् २०२१ मा आईपुग्दा त्यो बढेर २ दशमलव शुन्य ८ अर्ब पुगेको छ। 

पटक पटक गरी लामो समय सरकारका विभिन्न पदमा रही काम गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोहनीले प्रधानमन्त्री ओलीजीलाई उनले जनवरी १८,२०१९ मा दिएको जवाफ सम्झाउँदै अनुसन्धान गर्ने भन्नुभएको रहेछ, प्रधानमन्त्रीज्यू, अनुसन्धान कहाँ पुग्यो प्रधानमन्त्रीज्यू, भनेर सोधेका छन्।
 
नेता लोहनीले आफ्नो फेसबुक पेजमा स्वीस बैंकको हवाला दिएर सार्वजनिक गरेको विवरण अनुसार, स्वीजरल्याण्डको एउटा बैंकमा मात्र करिब ६९ अर्ब रुपैयाँ बराबरको बिदेशी मुद्रा नेपाली ठालुहरुले राखेका छन्। अरुमा पनि पक्कै होला यी ठालु नव सामन्तहरुको नामहरु के होलारु भनेर प्रधानमन्त्रीसँग सोधेका हुन्। 

स्वीस नेशनल बैकको डाटा अनुसार उक्त बैंकमा नेपालीहरुको प्रत्येक बर्ष डिपोजिट भएको रकम निम्नानुसार रहेको लोहनीको भनाई छ– सन् १९९६ मा १ अर्ब ४६ करोड, सन् १९९७ मा १. ८६ करोड, सन् १९९८ मा २.१८ करोड, सन् १९९९ मा १.८४, सन् २००० मा २.३४ करोड, सन् २००२ मा ४.१७ करोड, सन् २००३ मा ३.९३ करोड, सन् २००४ मा ३.४० करोड, सन् २००५ मा २.७३ करोड, सन् २००६ मा ४.८६ करोड, सन् २००७ मा ४.५७ करोड, सन् २००८ मा ३.३९ करोड, सन् २००९ मा ३.१८ करोड, सन् २०१० मा २.६२ करोड, सन् २०११ मा ३.२८ करोड, सन् २०१२ मा २.५८ करोड, सन् २०१३ मा १.९९ करोड, सन् २०१४ मा १.७७ करोड, सन् २०१५ मा १.७० करोड, सन् २०१६ मा २.१७ करोड, सन् २०१७ मा १.९० करोड, सन् २०१८ मा १.८५ करोड, सन् २०१९ मा २.६५ करोड, सन् २०२० मा २.२८ करोड र सन् २०२१ मा २.०८ करोड जम्मा भएको तथ्यांक सार्वजनिक गरिएको छ। 

प्रतिक्रिया