काठमाडौं । सामाजिक संजालमा भाइरल भयो भन्दैमा पार्टीलाई मत प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी नभएको चर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्य समिति वैठकमा चल्यो ।
‘सामाजिक संजालमा भाइरल हुनु र अनलाइन शपिङ गर्नु उस्तै उस्तै हुँदो रहेछ । अनलाइनमा फोटो हेरेर खरिद गरेको सामान घर आइपुग्दा सोँचे जस्तो नहुन सक्छ,’ केन्द्रीय सदस्य रंजन कार्कीले केन्द्रीय समिति वैठकमा धारणा राख्दै भने ।
‘अनलाइनमा राम्रो देखेको सामान हात लाग्दा अर्कै हुन्छ । त्यसैगरी फेसबुक र टीकटकको लोकप्रियता मतमा रुपान्तरण नहुने रहेछ । पार्टीले यही यथार्थ मध्यनजर गरेर चुनावी रणनीति बनाउनु र स्थानीय तहमा भिजेको नेता कार्यकर्ता परिचालन गर्नु उपयुक्त हुने रहेछ,’ कार्कीले भने ।
पछिल्लो स्थानीय उपनिर्वाचनमा, सामाजिक संजालको चर्चा हेरेर, राप्रपाले स्टार क्याम्पनेरको रुपमा प्रवक्ता ज्ञानेन्द्र शाही र केन्द्रीय सदस्य खुश्बु ओलीलाई अघि सारेको थियो ।
तर, शाही चुनावी कमाण्डर रहेको कीर्तिपुर र काठमाडौंमा राप्रपाका उम्मेद्वारको जमानत जफत भयो, गत चुनावभन्दा कम मत प्राप्त भयो । त्यस्तै खुश्बुको गृह वडा, झापाको कन्काइमा राप्रपाले २६ मत पायो भने त्यहाँ पनि उम्मेद्वारले जमानत जोगाउन सकेन । जबकी झापाको सोही क्षेत्रमा राप्रपा गत प्रदेशसभा निर्वाचनमा विजयी भएको थियो ।
माघ ११, १२ र १३ चलेको वैठकमा धारणा राख्दै सहायक महामन्त्री ऋषिराज देवकोटाले धेरै जिल्लाहरुमा पार्टीको आन्तरिक निर्वाचन प्रक्रिया विश्वसनीय नदेखिएको बताए ।
जिल्ला कार्य समितिले सर्वसम्मत वा बहुमतबाट निर्वाचन समिति गठन गरेर पठाउँदा पनि केन्द्रले विधी, प्रक्रिया विपरित सिफारीस भएका नाम हटाउने, मनमानी रुपमा नाम थप्ने गरेको देवकोटाले बताए ।
‘महाधिवेशनको प्रक्रियामा एकरुपता नुहुनुको कारण के हो रु जिल्लाको सिफारीस कार्यान्वयन नहुनुको कारण के हो रु’ भन्दै उनले अध्यक्षलाई प्रश्न गरे । ‘मेरो जिल्ला बाँकेमा पनि यही अवस्था देखिएको छ । जिल्लाले पठाएको नाम अनुमोदन भएको छैन । जिल्लाको जिम्मेवारी केन्द्रले गर्ने हो भने सबै जिल्ला कार्य समितिहरु भंग गरौ र केन्द्रबाट नै सबै जिल्ला चलाऔ ।’ (फायल तस्बिर)
प्रतिक्रिया