काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्काले हाइड्रोपावर देखि उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।
लचिलो र कम कार्बनको लागि ऊर्जा शिखर सम्मेलन २०२५ मा बोल्दै मन्त्री खड्काले वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समयानुकुल बनाउनुपर्ने बताएका हुन्।
मन्त्री खडेकाले भने, ‘हाइड्रोपावरदेखि लिएर उर्जा उत्पादन गर्नसक्ने क्षेत्रमा व्यापक काम गर्नुपर्ने आवश्यक्ता छ। हामीसँग उर्जा सुरक्षाका कुराहरु भएका छन्, त्यसकारण रिजर्भवायरहरुलाई तत्काल अगाडि बढाउने, पम्पवायरहरुलाई सुरु गर्ने, वैकल्पिक उर्जाका विषयमा व्यापक रुपमा परिवर्तन गरेर समायानुकुल बनाउनुपर्नेछ। यसले ग्रीनहाइड्रो उर्जा उत्पादन गर्ने ठूलाठूला उद्योेग सञ्चालनमा सहकार्य गर्न सक्छौं।’
साथै उर्जाको क्षेत्रमा सबै देशहरुको सहयोग रहने चर्चा गर्दै मन्त्री खड्काले उर्जा क्षेत्रको लक्ष्य अनुसार नै सरकारले काम गरिरहेको बताए।
प्रतिक्रिया