महाकुम्भमा भागदौड हुँदा १४ जनाको मृत्यु

मंगलबार–बुधवार राति करिब १ः३० बजे प्रयागराजको संगम तटमा भागदौड मच्चिएको हो । दुर्घटनामा १४ जनाभन्दा बढीको मृत्यु भएको बताइएको छ । ५० भन्दा बढी श्रद्धालु घाइते भएका छन् । एक रिपोर्टका अनुसार स्वरूपण अस्पतालमा पोस्टमार्टमका लागि १४ शव ल्याइएको छ । यद्यपि प्रशासनले मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन ।

भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृतस्नान रद्द गरेका थिए । त्यसपछि अखाडाले बैठक बस्यो । जसमा ११ बजेपछि अमृतमा स्नान गर्ने निर्णय भएको थियो । प्रधानमन्त्री मोदीले योगीसँग ४ पटक फोन गरेर घटनाको जानकारी लिएका थिए । अहिले अधिकारीहरुले हेलिकप्टरबाट महाकुम्भको अनुगमन गरिरहेका छन् । दुर्घटनाबारे मुख्यमन्त्री योगीले भने–स्थिति नियन्त्रणमा छ । कुनै पनि प्रकारको अफवाहमा ध्यान नदिनुहोस् ।

भागदौड हुनुको २ मुख्य कारण

१. अमृतस्नानका कारण अधिकांश पोन्टुन पुल बन्द भएका छन् । जसका कारण संगममा करोडौंको भीड जम्मा हुन थाल्यो । जसका कारण केही मानिस ब्यारिकेडमा अड्किएर खसे । यो देखेर भागदौड भएको हल्ला फैलियो ।

२. संगम नाकामा छुट्टै प्रवेश र निस्कने बाटो थिएन । मानिसहरू जसरी आउँदै थिए, त्यही बाटो फर्किँदै थिए । यस्तो अवस्थामा भागदौड हुँदा मानिसले भाग्ने मौका पाएनन् । उनीहरु एकअर्कामा परिरहे ।

दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम बैंक पुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ । संगम नाक क्षेत्रमा सर्वसाधारणको प्रवेश रोकिएको छ ।भीड बढ्न नदिन प्रयागराज छेउछाउका जिल्लाहरुमा भक्तजनलाई रोक लगाइएको छ । त्यहाँ प्रशासनलाई सचेत गराइएको छ ।

आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ । प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।

हिजो अर्थात मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । पूरै सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।

प्रतिक्रिया