काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले केही कुरा राख्नको लागि समय माग गर्दा सभामुखले नदिएको भन्दै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठक बहिष्कार गरेपछि उनले समय मागको कुरा सम्बोधन नहुँदा १५ मिनेट बहिष्कार गरेको बताइन् ।
उनले भनिन्, “हाम्रा केही विशेष कुराहरु छन् । जुन हामी राख्न चाहन्छौ भनेर सभामुखसँग समय माग गरेका थियौं । उहाँले हामीलाई समय दिनु भएन । त्यसको विरोधस्वरुप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गरेर सदनबाट निस्किएका थियौं । १५ मिनेट पूरा भयो हामी जान्छौं ।”
यस्तै, अर्का सांसद हरि ढकालले पनि केही विषय राख्न थोरै समय आग्रह गर्दा पनि प्राप्त नभएको भन्दै सांकेतिक विरोध मात्र गरेको बताए ।
प्रतिक्रिया