काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याइएको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनमा बोल्दै उनले, अध्यादेशबाट केही कानुन ल्याएको भन्दै त्यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
उनले भने, “देशको आर्थिक अवस्था उकास्न जरुरी छ । हालै सरकारले व्यवसायिक वातावरण प्रवद्र्धनको लागि देशभित्र र बाहिरबाट लगानीको अनुकुल वातावरण बनाउन अध्यादेशबाट केही कानुन ल्याएको छ । यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने मैले विश्वास लिएको छु ।”
यस्तै उनले कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त नहुने भन्दै यद्यपी यस अवधिमा सरकारले गरेको राम्रा कामको भविष्यमा असल परिणाम देखिने धारणा राखे ।
लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग गरिएतापनि आर्थिक अवस्था सुदृढ हुन नसकेको कारण परिणामस्वरुप विकास वा समृद्धिको यात्रा चाहनाअनुरुप अगाडि बढ्न नसकेको उनको भनाई छ ।
उनले भने, “कुनै सरकारको मुल्याङकन गर्नको लागि ६ महिनाको समय पर्याप्त हुँदैन् । तर सरकारले यस अवधिमा गरेको काम राम्रो छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने मैले अनुभूति गरेको छु । मुलुकको समग्र विकासका लागि लोतकन्त्रको सुनिश्चितता सुदृढ अर्थतन्त्र आवश्यक हुन्छ । लोकतन्त्रमा आवश्यक राजनीतिक अधिकारको उपभोग त गरिरहेको छौं तर आर्थिक अवस्था सुधार हुन सकिरहेको छैन् । परिणामस्वरुप विकास वा समृद्धिका यात्रा चाहना अनुरुप अगाडि बढ्न सकेको छैनन् ।”
प्रतिक्रिया