१८ जनाले ज्यान गुमाइसकेको कुसुन्तीमा नमूना पुल निर्माण गरिँदै

काठमाडौं। ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले कुसुन्तीमा अपाङगतामैत्री पुलको निर्माण गर्ने बताएका छन्। 

ललितपुर चक्रपथ महानगर सफाइ अभियानको छैठौ वार्षिकोत्सब समारोहमा बोल्दै उनले मुलुककै नमूना पुलको रुपमा अपाङगतामैत्री पुलको निर्माणको काम भइरहेको बताए। 

उनले भने, ‘कुसुन्तीमा मुलुककै नमुना पुलको रुपमा अपाङगतामैत्री पुल निर्माण गर्दै छौं। त्यो ठाउँलाई हामीले दुर्घटना प्रभावित स्थान भनेका छौं। त्यस क्षेत्रमा अहिलेसम्म १८ जना व्यक्तिहरुले अकालमा ज्यान गुमाईसकेका छन्। त्यो ठाउँमा अब उपरान्त एकजनाको पनि मृत्यु नहोस्, एकजना पनि घाइते नहोस् भन्ने उद्देश्यले अपाङगतामैत्री पुल निर्माण भैरहेको छ। त्यो पुलमा ह्वीलचियरमा बसेर पुलको पारी निस्कन सक्नेगरी दुबैतर्फ लिफ्ट राखेर आवतजावत गर्नेगरी निर्माणकार्य तीनचार महिनामा सकिन्छ। त्यसपछि पनि अर्काे पुलको परिकल्पना गरेका छौं। डिजाइन निर्माण गरिसकेका छौं तर सरकारको अनुमति लिने प्रक्रियामा छौं।’

यस्तै, कार्यक्रममा समाजसेवीराजबहादुर राईले सरसफाई अभियानलाई अझै अग्रसर बनाउने बताए। फोहोर न्युनिकरणका लागि सबैजना दत्तचित्तका साथ लाग्नुपर्ने बताए । 
 

प्रतिक्रिया