क्यानडाको प्रधानमन्त्री बन्ने दौडमा ३ जना महिला

ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोको लिबरल पार्टीले मार्च ९ मा देशको नयाँ नेता र प्रधानमन्त्री चयन गर्नेछ । यस दौडमा ५ जनाको नाम अगाडि छ, जसमध्ये ३ जना महिला छन् ।

तीमध्ये भारतीय मूलकी रुबी ढल्ला, पूर्व उपप्रधानमन्त्री क्रिष्टिया फ्रिल्याण्ड र लिबरल पार्टीको हाउस नेतृ करीना गुल्ड प्रमुख महिला नेता हुन् ।

क्यानडाको प्रधानमन्त्रीको दौडमा लगानी बैंकर मार्क कार्नी र व्यापारी फ्रान्क बेलिस पनि आफ्नो भाग्य आजमाइरहेका छन् । ट्रुडो १२ वर्षदेखि लिबरल पार्टीको प्रमुख र ९ वर्षदेखि प्रधानमन्त्री रहेका छन् ।

ट्रुडोले जनवरी ६ मा राजीनामाको घोषणा गरेका थिए । पार्टी नेताहरूले उनलाई बेरोजगारी, विदेश नीति र पृथकतावादीहरूलाई नियन्त्रण गर्ने मोर्चामा असफल भएको आरोप लगाएका छन् ।

प्रतिक्रिया