त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा आज नेदरल्याण्ड्स र थाइल्याण्डको खेल्दैछन् । खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दिउँसो १२ः१५ बजे सुरु हुनेछ । सिरिजमा थाइल्याण्ड लगातार दोस्रो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ । सिरिजमा नेदरल्याण्ड्स र थाइल्याण्ड दोस्रो पटक आमने सामने हुदै छन् । पहिलो भेटमा थाइल्याण्डले ८ विकेटको सानदार जित हासिल गरेको थियो । 

प्रतिक्रिया