वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीविरुद्धको कारबाहीलाई तीब्र बनाएका छन् । सोमबार अमेरिकाबाट अवैध आप्रवासी बोकेको सैन्य विमान भारततर्फ प्रस्थान गरेको हो ।
समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकी वायुसेनाको सी–१७ यातायात विमान अवैध आप्रवासीलाई लिएर भारततर्फ उडेको हो । पुग्न कम्तिमा २४ घण्टा लाग्नेछ । विमान उड्ने समय पनि उल्लेख गरिएको छैन ।
एनडीटीभीका अनुसार यो विमानमा २०५ जना सवार रहेका छन् । उनीहरु सबैको पहिचान भइसकेको छ । यो सम्पूर्ण प्रक्रियामा भारत पनि संलग्न थियो ।
वास्तवमा, ट्रम्पले अमेरिकाको इतिहासमा सबैभन्दा ठूलो निर्वासन गर्ने वाचा गरेका थिए । यसपछि अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) ले १५ लाख अवैध आप्रवासीको सूची तयार गर्यो, जसमा १८ हजार भारतीय छन् ।
प्रतिक्रिया