काठमाडौँ। नेपाली चलचित्र ‘सारंग’को ग्राण्ड प्रिमियर सम्पन्न भएको छ ।
शुक्रबारदेखि रिलिज हुने चलचित्रको भव्य समारोहसहित काठमाडौंको सिभिल मलस्थित क्युएफएक्समा प्रिमियर गरिएको हो ।
प्रिमियरमा शो पछि सञ्चारकर्मीहरसँग कुराकानी गर्दै नायिका ऋचा शर्माले चलचित्र ‘सारंग’ले आफ्नो जीवनमा ठूलो पाठ सिकाएको बताईन् । दर्शकले धेरै खालको सिनेमा रुचाउने भएको कारण सिनेमा पन पराउँने हो कि नपराउने भन्ने जोखिम रहेको पनि उनले बताईन् ।
उनले भनिन्, “म पनि स्वयम् आमा भएको कारणले पनि चलचित्रबाट मैले मेरो लागि ठूलो पाठको रुपमा पनि लिएको छु । हरेक सिनेमा जोखिम हो भन्छु । अहिलेको समयमा पनि दर्शकले विभिन्न खालको सिनेमा खोजिरहनु भएको छ । भन्न नै सकिन्न कुन सिनेमा ले के कस्तो गर्छ भनेर त्यसैले जोखिम त लिएकै हो ।”
त्यस्तै नायक उत्पल झाले बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा राम्रो बनेको कारण परिवार नै गएर हेर्न आग्रह गरे । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर आफू एकदमै उत्साहित भएको पनि बताउँछन् ।
उनले भने, “बच्चाहरुरुको काम र सिनेमा समग्र रुपमा मिठो बनेको छ ।सबै परिवार सहित आएर हेर्न सक्नुहुने छ । सबै वर्गसँग सम्बन्धित छ । अभिभाबक, शिक्षा वर्गका साथै साना बालबच्चाले पनि सजिलै बुझ्न सक्ने सिनेमा बनेको छ । एकचोटी आएर हेर्नुहोस् र हामीलाई सुझाव दिनुहोस् । जनताको प्रतिक्रिया कस्तो आउछ भनेर एकदमै उत्साहित छु ।”
प्रतिक्रिया