स्वीडेनको शिक्षा केन्द्रमा गोली प्रहार, १० जनाको मृत्यु

स्टकहोम। स्वीडेनको एक विद्यालयमा मंगलबार भएको गोलीकाण्डमा १० जनाको मृत्यु भएको छ । आक्रमणमा एक जना गम्भीर घाइते भएका छन् । स्थानीय पत्रिका स्वीडिश हेराल्डका अनुसार राजधानी स्टकहोमबाट २०० किलोमिटर पश्चिममा रहेको ओरेब्रो सहरको रिसबर्गस्का स्कूलमा दिउँसो करिब १ बजे गोली हानाहान भएको हो । विद्यालयमा अधिकांश विद्यार्थी उपस्थित हुँदा घटना भएको हो ।

स्विडेनी प्रहरीले भने, ‘प्रहरीले मृतकको पहिचान गरिरहेको बताएको छ । उनीहरूले आक्रमणकारीहरूको मनसायबारे अनुसन्धान गरिरहेका छन्, अहिले उनीहरूलाई यो घटनाको आतंकवादसँग कुनै सम्बन्ध छ भन्ने लाग्दैन । घाइतेको संख्या पनि बढ्न सक्छ ।’

हाल खतरा हटेको छैन, त्यसैले मानिसहरूलाई यस क्षेत्रबाट टाढा रहन सल्लाह दिइएको छ। धेरै स्थानीय मिडिया रिपोर्टहरूमा, आक्रमणकारी सिरियाली मूलको भनिएको छ । यद्यपि यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

डेली एक्सप्रेस यूकेको रिपोर्ट अनुसार यस वर्षको जनवरीमा स्वीडेनमा ३१ स्थानमा विष्फोट भएको थियो । यसबाहेक कुरान जलाएर विश्वभर हेडलाइन बनाएका सलवान मोमिकाको पनि हत्या भएको थियो । यो हत्यामा विदेशी संलग्नताको खोजी भइरहेको छ ।

प्रतिक्रिया