नयाँदिल्ली । भारतका विभिन्न राज्यहरूबाट आएका १०४ अवैध आप्रवासीहरू बोकेको अमेरिकी सेनाको विमान बुधबार पञ्जावको अमृतसरमा अवतरण गर्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको नयाँ सरकारले गत महिना शपथ ग्रहण गर्ने क्रममा गरेको क्र्याकडाउनको जिर्णय अनुसार निर्वासित भारतीयहरूको पहिलो समूह हो यो।
निर्वासितमध्ये ३३ हरियाणा र ३३ गुजरातका, ३० जना पञ्जाब, तीन–तीन महाराष्ट्र र उत्तर प्रदेश र दुई जना चण्डीगढका छन्।
निर्वासितमा एक चार वर्षका केटा र पाँच र सात वर्षका दुई केटीसहित १९ महिला र १३ नाबालिग रहेको पिटिआईले जनाएको छ।
प्रतिक्रिया