बंगलादेशमा फेरि भड्कियो हिंसा: शेख हसिनाका बुबाको घर तोडफोड

ढाका। अवामी लिगको प्रस्तावित राष्ट्रव्यापी विरोध प्रदर्शन अघि बुधबार अबेर राति बंगलादेशका धेरै शहरहरूमा फेरि हिंसा भड्किएको छ । बंगलादेशका संस्थापक पूर्व प्रधानमन्त्री शेख हसिनाका पिता शेख मुजिबुर रहमान ‘बंगबन्धु’को धानमण्डी–३२ स्थित निवासमा प्रदर्शनकारीले तोडफोड गरेका छन् ।

अर्कोतर्फ, खुल्नामा शेख हसिनाका काका शेख सोहेल र शेख ज्वेलको घर दुईवटा बुलडोजरले भत्काइएको छ । सामाजिक सञ्जालमा ‘बुलडोजर जुलुस’ घोषणा गरेपछि हिंसा भएको हो । आक्रमण हुँदा त्यहाँ सुरक्षाकर्मी पनि उपस्थित थिए । भीडलाई त्यहाँबाट छोड्न मनाउन प्रयास गरियो, तर सबै प्रयास असफल भयो ।

केही प्रदर्शनकारीहरु निवास र संग्रहालयमा पनि प्रवेश गरेका छन् । बालकनीमा चढेर तोडफोड गरे । घरमा आगजनी समेत भएको बताइएको छ । यसका धेरै भिडियो र तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

शेख हसिनाको पार्टी अवामी लिगले आफ्ना कार्यकर्ता र नेताहरूलाई फेब्रुअरी ६ मा सडकमा आउन अपील गरेको थियो । पार्टीले पूर्वप्रधानमन्त्री हसिनामाथि कथित मुद्दा दर्ता गर्न र अल्पसंख्यकमाथि आक्रमणको विरोधमा जुलुस निकाल्न आह्वान गरेको थियो त्यहि कारणले उक्त हिंसा भड्किएको हो ।

प्रतिक्रिया