सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध छ: सुमना श्रेष्ठ

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाहरुको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन् ।

उनले भनिन्, “सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ ।”

साथै, उनले सबै सांसदहरुले युवाहरुको आवाज बोक्नुपर्ने बताइन् । उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई  दाब्न नहुने बताइन् । 
 

प्रतिक्रिया