सबैभन्दा ठूलो एवम घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन

एजेन्सी । सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ ।

मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम घातक हत्याकाण्ड भएको हो ।

प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन् । 

विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाएका थिए । मृत्यु हुनेमा गोली प्रहार गर्ने संदिग्ध पनि रहेको प्रहरीले जनाएको छ ।
उनी को थिए भन्ने आधिकारिक रुपमा पुषि्ट नभएपनि ३५ बर्षीय वेरोजगार व्यकि्त रहेको अनुमान गरिएको छ ।

संदिग्धले तीनवटा हतियार, धेरै राउण्ड बारूद र एक चक्कु बोकेको प्रहरीले जनाएको छ । हरियो सैनिक पोशाकमा रहेको उनी पहिले क्याम्पसको एउटा बाथरूममा प्रवेश गरेको र त्यसपछि आक्रमण सुरु गरेको बताइएको छ । 

घट्नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतंक’ भनिएको छ ।

घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन् । तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन् । 

घटनापछि स्वीडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ । स्थानीय र घट्ना प्रभावितहरुले आँशु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्तवना दिइरहेका छन् । (सीसीटीभीप्लस)
 

प्रतिक्रिया