काठमाडौँ । नेकपा माओवादी केन्द्रकी संसाद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक समस्यामा परेको उल्लेख गरेकी छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरेकी हुन् ।
उनले भनिन्, “नेपालको संविधान २०७२ को दफा २९० मा गुठीको मूलभूत मान्यतामा प्रतिकुल असर नपर्नेगरी गुठी जग्गामा भू–अधिकार भइरहेका किसान र गुठीको अधिकारका सम्बन्धमा आवश्यक कानुन बन्न नसक्दा नागरिक समस्यामा परेका छन् । माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्न चाहन्छु ।”
उनले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराइन् । एक हप्ता भइसक्दा पनि गुठीपीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताइन् ।
प्रतिक्रिया