पल शाह अहिलेको समयका राम्रो क्रेज भएका अभिनेता हुन् । विशेषगरी म्यूजिक भिडियोबाट उनी घर(घरमा चिनिएका छन् । एक घटनाका कारण एक वर्ष जेल जीवन विताए पनि उनको क्रेज खासै खस्किएको छैन ।
मेला महोत्सवमा उनको नामले उर्लिने भीडले पनि यो प्रष्ट देखाउँछ । जेलमुक्त भएपछि उनी लगातार विभिन्न महोत्सवमा सहभागी भइरहेका छन् । यसैक्रममा, उनी शनिबार बर्दियाको भूरी गाउँ महोत्सवमा प्रस्तुति दिन पुगेका थिए । त्यहाँ उनलाई हेर्नका लागि दर्शक जम्मा भएका थिए ।
प्रतिक्रिया