सामाजिक सञ्जाल सम्बन्धित विधेयक राष्ट्रिय सभामा पेस

काठमाडौँ। राष्ट्रिय सभामा सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस भएको छ । 

आइतबार बसेको राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले सामाजिक सञ्जाल सम्बन्धित विधेयक पेस गरेका हुन् । 

विधेयक पेस गर्दै मन्त्री गुरुङले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए । 

उनले भने, “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन स्पष्ट कानुन निर्माण गर्नुपर्ने आवश्यकता छ । नेपालमा सूचना प्रविधि क्षेत्रमा भएको विकास सँगसँगै सामाजिक सञ्जालको प्रयोग बढिरहेको छ । सामाजिक सञ्जालको प्लेटर्फम र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेशी बनाई मर्यादित वनाएर नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पेस गर्द छु ।”
 

प्रतिक्रिया