काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाह छोरीहरु र चेलीकासाथ पोखरा भ्रमणमा छन्।
पोखरा उत्रँदा उल्लेख्य स्वागत र सम्मान पाएका शाहल सपरिवार त्यस क्षेत्रका पर्यटकीय स्थलहरुमा भ्रमण गरेका तस्बिरहरु छोरी शीतास्माले आफ्नो फेसबूक पेजमा सार्वजनिक गरेकी छिन्। पत्नी कोमल भ्रमण दलमा देखिएकी छैनन्।
पूर्व राजा शाह भारतको महाकुम्भमा गंगास्नान गर्न जाने अनौपचारिक पूर्व तयारी भएपनि केही आकस्मिक परिस्थितिले रद्द गरिएको अनौपचारिक सूत्रले जनाएको छ। उत्तर प्रदेश सरकारले शाहको भ्रमणका लागि सबै तयारी समेत गरिसकेको भएपनि स्पष्ट नपारिएको कारणले रद्द गरिएको बताईएको छ।
पूर्व राजा शाह केही समयअघि मात्रै उत्तर प्रदेश सरकारको विशेष अतिथिका रुपमा केही धार्मिक स्थल दर्शन गरेर स्वदेश फर्किएका थिए।
प्रतिक्रिया