ग्वाटेमालामा बस दुर्घटना: ५५ जनाको मृत्यु

ग्वाटेमाला शहर। मध्य अमेरिकास्थित ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीमा सोमबार एउटा बस पुलबाट खसेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार यस दुर्घटनामा ५५ जनाको मृत्यु भएको छ । यात्रुले भरिएको यो बस सान अगस्टिन अकासागुस्तालन शहरबाट राजधानी जाँदै थियो ।

फायर ब्रिगेडका एक अधिकारी एडविन भिल्लाग्रानले भने कि दुर्घटना हुनुअघि धेरै सवारी साधन एक आपसमा ठोक्किएका थिए, त्यसपछि बस करिब २० मिटर गहिरो नालीमा खसेको थियो । दुर्घटनापछि बसको आधा भाग नालीमा डुबेकाले मानिसले बाहिर निस्कने मौका पाएका छैनन् ।

सरकारी अधिकारीका अनुसार दुर्घटना हुँदा बसमा करिब ७० जना सवार थिए । ग्वाटेमालाका राष्ट्रपति बर्नार्डो अरेभालोले देशमा ३ दिने राष्ट्रिय शोकको घोषणा गरेका छन् । त्यसैगरी सेना र विपद् व्यवस्थापन निकायलाई जनताको सहयोगमा खटाइएको छ । 

प्रतिक्रिया