राप्रपा नेता महाकुम्भ यात्रामा

काठमाडौँ। राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणा सहितको राप्रपाको टोली महाकुम्भमा पवित्र स्नान गर्न भारतको प्रयागराजतर्फ प्रस्थान गरेका छन् ।

राप्रपाको उच्चस्तरीय टोलीमा उपाध्यक्ष मुकुन्दश्याम गिरी, सहायक महामन्त्री ऋषिराज देवकोटा, केन्द्रीय सदस्यद्वय जनक सिंह र भीम शाही समेत सहभागी छन् ।

त्रिवेणीको सङ्गममा स्नान गरेर आशीर्वाद लिन राप्रपाको केन्द्रीय नेताहरूको टोली सोमबार भारततर्फ लागेको हो ।

महापर्वले विश्वभरका भक्तहरूलाई आकर्षित गरेको छ । नेपालबाट पनि हजारौं भक्तजनहरू सहभागी भैरहेका छन् । 

महाकुम्भ विश्वको सबैभन्दा ठूलो आध्यात्मिक र सांस्कृतिक कार्यक्रम हो ।

प्रतिक्रिया