काठमाडौं । नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर उपाधि जितेका हुन् ।
विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुनः अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । त्यसमा पनि सन्तोषले नै उपाधि हात पारेका हुन् । सन्तोषले विभिन्न १८ प्रकारका खाना प्रस्तुत गरेका थिए ।
सन्तोषले मालपुवा, बुनिया, गोलभेँडाको अचार, मासको दाललगायतका नेपाली परिकार प्रस्तुत गरेका थिए । सन्तोषले लामो समय नेपाल बस्दा आफ्नी आमाबाट सिकेको सीप यो पटक सदुपयोग गरेको बताए ।
प्रतिक्रिया