जुम्ला । जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले विदा दिएका छन् । सिंजा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सिंजा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा विदा दिइएको उल्लेख गरिएको छ । त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक विदा दिने निर्णय गरेको पुष्टि गरेका छन् ।जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । यो दिवस नेपालमा जनयुद्धको सुरूवातको सम्झनामा मनाइँदै आएको छ । विशेष गरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले यस दिन सार्वजनिक विदा दिने गरेका छन् । यस वर्ष जनयुद्ध दिवसका अवसरमा अन्य पालिकाहरूले भने विदाको निर्णय गरेका छैनन् ।
प्रतिक्रिया