७ वटा गाई सहित दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले ७ वटा गाई सहित दुई जनालाइ पक्राउ गरेको छ । 

अस्थायी प्रहरी पोष्ट बमनहर बाट खटिएको प्रहरी टोलिले  राजपुर  नगरपालिका वडा न २ फतुवाबाट नियन्त्रणमा लिएको हो । राजपुर  नगरपालिका वडा न २ फतुवाका बर्ष ४३ को ओहिद अन्सारी र यमुनामाइ गाउपालिका वडा न ३  बस्ने बर्ष २८ को शेख सोहेब आलमलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

नेपालबाट अबैध रूपमा गाइ र बाछो लैजान लागेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटका सूचना अधिकारी दिपक कुमार रायले बताए । उनका अनुसार  मानिस सहित पक्राउ परेको गाइलाइ गौर भन्सार कार्यलयमा बुझाइएको छ ।यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

प्रतिक्रिया