काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्ने बताएका छन् ।
१२ औं नेपाल चार्टर्ड एकाउन्टेन्ट विद्यार्थी संघअन्तरगत फर्म टि–२० क्रिकेट टूर्नामेंटको अवसरमा बोल्दै उनले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलहरुको महत्वपूर्ण भूमिका रहने बताएका हुन् । उनलेभने, ‘विद्यार्थीहरुले पढाईसँगै खेलकुदमा पनि अग्रसर हुनुपर्छ । आफ्नो जिवनलाई खेलकुदसँग पनि जोड्नुपर्छ । विद्यार्थीहरुले समाजमा भिज्नको लागि पनि पढाइंसँगै खेलको पनि महत्वपूर्ण भूमिका रहन्छ । विद्यार्थी जिवनमा आफ्नो व्यक्तित्व स्थापना गर्नका लागि हरेक किसिमका खेलहरुमा सहभागी जनाउनुपर्छ।’ साथै उनले नेपालमा अहिले क्रिकेट क्रेज बढ्दै गएको बताए । उनले क्रिकेटलाई अगाडि बढाउने क्रममा यस्ता टूर्नामेंट प्रतियोगिताहरुले पनि धेरै महत्वपूर्ण भूमिका खेल्ने बताए ।
प्रतिक्रिया