काठमाडौं । काभ्रेको पनौती नगरपालिका र रोशी गाउँपालिकामा गत असोज दोस्रो साता आएको बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल चेम्बर अफ कमर्श एनसीसी र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले गरेको सहयोगबाट भएका पुनःनिर्माण र जिविकोपार्जनबारे संयुक्त अनुगमन भएको छ । चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र युनडीपीका तर्फबाट आवसीय प्रतिनिधी कायको युकोशुको नेतृत्वमा गएको टोलीले सहयोग अनुदान कार्यन्वयन प्रगतिबारे संयुक्त अनुगमन गरेको थियो ।
पनौती नगरपालिका र रोशी गाउँपालिका क्षेत्रमा बाढी तथा पहिरोले पु¥याएको जनधनको क्षति एवं जिविकोपार्जनका लागि गत पौष महिनामा चेम्बर र युएनडीपीबीच सहकार्यको सम्झौता भएको थियो । बाढी पहिरो प्रभावित क्षेत्रमा पुर्ननिर्माणका लागि नगद कार्यक्रम तथा जलवायु अनुकुलनन सहकार्यको प्रगति सम्वन्धमा संयुक्त अनुगमन गरिएको चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
बाढी पहिरो प्रभावित क्षेत्रमा भएको नगद कार्यक्रम अन्र्तगत सिंचाई नहर, सामुदायिक सडकहरु, नाली निर्माण, कृषि जमिनमा माटो, ढुंगा, काठ आदिको सरसफाई गरी स्थानीय भौतिक पूर्वाधार निर्माणको काम भईरहेको छ । यसबाट स्थानीय रोजगारी समेत सिर्जना भएको छ । प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य एवं जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्यूनीकरणमा भएको प्रगतिबारे स्थलगत अनुगमन गरिएको चेम्बरले उल्लेख गरेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भईरहेको काम सन्तोषजनक रहेको र आगामी दिनमा पनि निजी क्षेत्रको तर्फबाट सहयोग एवं सहकार्य जारी रहने चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले जानकारी दिए । चेम्बरका वरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले चेम्बर र युएनडीपीको सहयोगले बाढी पहिरो प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण र जिविकोपार्जनमा उल्लेख्य उपलव्धी हासिल भएको बताए ।
युएनडीपीका आवासीय प्रतिनिधी कायको युकोशुले चेम्बरसंगको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे । चेम्बर र युएनडीपीले गरेको सहयोगबारे भएको प्रगतिको अनुगमनको स्थानीय तहका जनप्रतिनिधीको सहभागिताका साथै काभ्रेका प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यप्रगतिको बारेमा जानकारी गराईएको थियो ।
प्रतिक्रिया