दृष्य टिभीका सम्पादक विष्णु निष्ठुरी कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित

ईटहरी । नेपाल पत्रकार महासंघका पूर्व सभापति एवम दृष्य टिभीका सम्पादक वरिष्ठ पत्रकार विष्णु निष्ठुरी कोशी एक्सिलेन्स अवार्डबाट सम्मानित भएका छन् ।

पत्रकार पवन अधिकारीको नेतृत्वमा दोश्रो वर्ष पुरा गरि तेश्रो वर्ष प्रवेश गरेको प्रदेश खवर डट कमको वार्षिकोत्सवमा पत्रकारिता विधाको कोशी एक्सिलेन्स अवाड प्रदान गरिएको हो । कोशी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा विभिन्न विधाका प्रतिभाहरुलाई सम्मान र अवार्डले सम्मानित गरिएको थियो । उक्त अवसरमा प्रथम महिला मुख्य सचिव लिला गड्तौला, नेपाल राष्ट्र बैँकका  गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय फुटबल प्रशिक्षक दिलिप राई, डा. ज्ञानेन्द्रमान सिंह कार्की, साहित्यकार झमक घिमिरे, चिया उद्यमी शान्ता बास्कोटा सहित विभिन्न विधाका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । 

प्रतिक्रिया