स्वास्थ्य सम्बन्धि भरपर्दो सूचना कसरी थाहा पाउने

काठमाडौं । स्वास्थ्य सम्बन्धि सूचनाको प्रभाव सामाजिक सञ्जालमा विकृत ढंगले पाइने गरेको एक अध्ययनले पुष्टि गरेको छ ।

सामाजिक सञ्जालबाट समाचारहरु चाँडै फैलावट हुन्छ । स्वास्थ्य सम्बन्धि ठीक समाचारमा विशेष ध्यान पुर्याउनमा प्रमाणिक हुन जरुरी देखिन्छ । हेल्थलाइन नामक स्वास्थ्य सम्बन्धि समाचार पस्किने अनलाइन पत्रिकामा भएको अमेरिकी सर्वेक्षणमा ३२ प्रतिशत स्वास्थ्य सम्बन्धि श्रोत, विद्यार्थी र परिवारजनले पाएको उल्लेख गरिएको छ ।पाठकहरुले सामाजिक सञ्जालका स्वास्थ्य सम्बन्धि श्रोतको मापदण्ड उल्लेख गरिनु पर्ने बताएका छन् । त्यस्तै २०२४ मा वेलायतमा रहेको एलान टरिङ्ग इन्सिटिच्युटमा अर्को एक सर्वेक्षणमा ९४ प्रतिशत मानिसले स्वास्थ्य सम्वन्धि गलत सूचनाको शिकार हुने बताइएको छ ।

गलत सूचनाको विकविकी मानव मनोविज्ञानको कारण हुनु परेको चिकित्सकहरुको राय छ । मानिसको निर्णय लिने क्षमता र स्वास्थ्य सामाचारमा हुने गलत सूचनाको प्रभावले पाठकको रुचि यस्ता समाचारबाट हट्ने बताइएको छ ।

गलत स्वास्थ्य समाचारको प्रभाव

चिकित्सकहरु भन्ने गर्छन समाचारको जड हेर्नुपर्छ । समाचारको प्रभाव राम्रो छ कि छैन उपायहरु खोजिनुपर्ने उनीहरु बताउँछन् । चिकित्साशास्त्र सम्बन्धि गाह्रो कुरा लाई मसिनो गरी पाठकहरुले बुझने सरल भाषामा प्रष्टाउनु पर्नेमा जोड रहेको बताइन्छ । गलत सूचनाको भुक्तभोगीको कारण कहिलेकाहीँ विरामी आफुलाई लागेको रोग चिकित्सक भन्दा बढ्दा जानकार हुँदा उनीहरु रोगबाट धेरै डराउछन् । यसैकारण सामान्य रोगको कारण पनि मानिस समस्याले ग्रसित हुन्छन् र उनीहरुको आफ्नो स्वास्थ्य समस्याको डरले प्रभावित भइरहन्छन् ।

गलत सूचनाको संवेदनशीलता

साधारणतया मानिसको उपाय अनुसारको सूचना सामाजिक सञ्जालमा भेट्दा मानिस रोमाञ्चित वन्छ । यो एक मनोवैज्ञानिक चेतना पनि हो । मानिसहरु खुला सोचको पनि हुन्छन् । यस्तै स्वास्थ्य सम्वन्धि सोच हावी भएका मानिसमा गलत सूचनाको प्रभाव बढ्ता देखिने कुरा चिकित्सकहरु बताउँछन् । उपचार हुने आधिकारीक ठाउँको प्रभाव घट्दा हुने समस्या विरामीमा गलत सूचनाको प्रभावले सम्पूर्ण देशको स्वास्थ्य प्रणालीमा असर पर्ने बताइएको छ । खासगरी लैङ्गिक मानव सम्प्रदायमा चिकित्सकले विरामीलाई कुन रोगको लागी दिइने भ्याक्सीनमै समस्या हुने बताइएको छ । सूचनाको प्रभाव गलत नहुन दिन स्वास्थ्य समाचारहरु सन्तुलित र विश्वस्नीय हुन पर्ने बताइन्छ । (स्रोतः मेडिकल न्यूज टुडे)

प्रतिक्रिया