राज्यले कर्णालीलाई वेवास्ता गरेको छ : डा. शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राज्यले कर्णालीलाई वेवास्ता गरेको बताएका छन् । 

बालुवाटारमा शनिवार प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरुसँगको चियापान समारोह कार्यक्रममा बोल्दै उनले राज्यले कर्णालीलाई जति महत्व दिनुपर्ने थियो त्यो हिसाबले नदिएको बताए । 

उनले भने, ‘राज्यले कर्णालीलाई हेरिरहेको छैन । राज्यले जसरी हेर्नुपर्ने त्यसरी हेरेको छैन । त्यहा हाइड्रो पावरको त्यस्तै राम्रो छ ।  होमस्टे, जडिबुटिको लागि उतिकै राम्रो छ । तर जडिबुटि त्यहाबाट ल्याएर इन्डिया, चाइना पठाएर मात्र हुदैन । त्यहा प्रशोधन गर्न राज्य  लाग्नुपर्याे ।  यार्सागुम्बा प्रशोधन गर्न सक्छौ । कर्णालीमा धेरै छ ।’

उनले नेपाली काङ्ग्रेस कमजोर हुँदै गएको र त्यसलाई बचाउनुपर्ने जिम्मा प्रजातन्त्र सेनानीको रहेको पनि बताए । ‘नेपाली काङ्ग्रेस तपाईहरु प्रजातन्त्र सेनानीहरुदले बचाउनु भएको हो । तपाईहरु नै हो अब नेपाली काङ्ग्रेसको खम्बा, नेपाली काङ्ग्रेस कमजोर हुँदैछ । अत्यन्त अप्ठ्यारो परिस्थीतिमा नेपाली काङ्ग्रेस छ । नेपाली काङ्ग्रेसलाई तपाईहरुले फेरी एकपटक बचाउनुपर्ने छ’ उनले भने  । 

उनले प्रजातन्त्र सेनानीका प्रतिनिधिहरुलाई महाधिवेशन र राज्यको प्रतिनिधित्व गर्ने ठाँउमा ल्याउन सहयोग गर्ने पनि बताए । 

 

प्रतिक्रिया