नेताकार्यकर्ताको चरित्र आचरण र व्यबहार नै पार्टीको सबैभन्दा ठूलो पुँजी र क्षति दुवै हो । माओवादी अहिले जुन क्षति र घाटाको व्यापारमा छ त्यो उसको कर्म जनित यथार्थ हो । उसले आफ्नो नैतिक र दार्शनिक धरातल गुमाएपछि जे पाउँछ त्यो आजका पार्टी र माओवादीहरुको साझा समस्या हो । भौतिक मूल्य जति नै भए पनि सामाजिक मूल्य र नैतिक धरातल गुमेपछि जे जस्तो परिणति देखिन्छ त्यो अहिले माओवादीले भोगेको जीवन्त अवस्था हो ।
प्रचण्डले पार्टीलाई समग्रतामा नयाँ ढंगले रूपान्तरण गर्ने प्रतिवेदन पेश गरेर आफ्नो विगतको कमजोरीको राजनीतिक बकपत्र तयार गरेका छन् । विगतका कमजोरीको पोष्टमार्टम रिपोर्टमा प्रचण्डले जे भने पनि पहिलो र महत्वपूर्ण सवाल आफूलाई रूपान्तरण र नेताहरूको अस्वाभाविक जीवनस्तर र आर्थिक छलाङ्गको लेखाजोखा पुनर्मूल्यांकन र दण्ड सजाय नै हो । यो लेख प्रचण्डको नीति विधि र सिध्दान्तको चिरफारको लागि नभएर उनले अँगालेको शैली संस्कार गलत चिन्तन अभ्यास र परम्परामा मूलतः केन्द्रित छ । व्यवहारवादको आलोकमा प्रचण्ड किन खरो उत्रन सकेनन् मेरो प्रश्न र निचोड यही हो समाजवादमा पुग्ने ट्रयाकको सिमांकन गर्न प्रचण्ड आफैंमा बारम्बार चुके ।
गलत अभ्यास र नजिर बसालेर समाजवाद भेट्ने निशाना सही लगाउन सकिन्न । नीति र व्यवहारको विरोधाभाषपूर्ण अभ्यासले कहिँकतै पुगिन्छ भने अलमल अनिश्चय र अन्योलको भुमरीमा पुगिन्छ । किन गलत संस्कारको भारी बोकियो । जनयुध्दकालीन नारा र व्यवहारमा किन तालमेल गर्न सकिएन, अरु सामान्य कार्यकर्ताको के कुरा आफ्नै परिवार र आफूबाट किन उलंघन भयो जनवादी कार्यशैली र नीति ? गलत संस्कृतिको बिरोध र घनतोड जवाफ दिने माओवादीहरू किन आफैं सबै विकृतिलाई अनुमोदन गरेर आत्मसात गर्ने लाचार स्थितिमा पुगे ? यसको जवाफ शायद शब्द जालमा कतै छेकिएको छ सो पनि आत्माआलोचनाको रुपमा आउनु पर्थ्यो । जस्तो कि प्रचण्डको जीवन शैली सामान्य र आम नेपालीले अनुकरण गर्न लायक मितव्ययी र सरल हुनुपर्थ्यो जसको सट्टा भद्दा महँगो र असाधारण खर्चिलो जीवन शैली प्रचण्डले देखाए जसको अनुकरण कार्यकर्ताले गरे तब कार्यकर्ता जनवादी होइन धनवादी र द्रव्यमुखी हुन थाले ।
मनि मदिरा र मनपरीतन्त्रको प्रतिकार गर्ने माओवादीहरू आफैं तत् विषय र प्रसंगका लागि माहिर बनेर निस्के । जाली तमसुक च्यात्ने माओवादीहरू मिटर ब्याजको कागज बनाउँदै हिँडन थाले । प्रचण्ड जतिसुकै महान र आदर्श नेता भए पनि उनी र उनको परिवार नेपालको कानून भन्दा माथि हुँदैनन् । युध्दकालमा राजनीतिक रुपले कानूनको खिलाफमा हुनुलाई अस्वाभाविक मानिन्न तर युध्द बिसाएर शान्तिपूर्णरुपमा राजनीतिको मूल धारमा समाहित भएपछि देशको कानून पालना उनको र उनको परिवारको कर्तव्य हुन्थ्यो त्यसको सरासर विपक्षमा अझ जनयुध्दकालीन नेकपा माओवादीका कार्यकर्ताले बहुविवाह गर्दा सर्वसाधारणलाई गर्ने कारबाहीको नजिर देखेका र सुनेका मान्छेलाई प्रचण्डपुत्रले तीनवटा विवाह र पछिल्लोपटकको विवाह गर्दा दोश्रो पत्नी सिर्जनासँग सम्बन्धविच्छेद समेत नगरी विवाह गरेका छोरा बुहारी प्रकाश र बिना मगरलाई कानून भन्दा माथि राखेर कारबाही गर्न लगाएनन् बरु अर्की नारी रुवाएर भित्रिएकी बिना मगरलाई संसद र मन्त्रीको बक्सिस प्रदान गरेर नेपालको प्रचलित कानूनको ठाडो उलंघन गरेर चुनौती दिए ।
धर्म अफिम र अन्धविश्वास भन्ने पुँजीवादी गलत संस्कृति र संस्कार ध्वस्त गरौं भन्ने अनि आफू चै पुँजीवादका पथप्रदर्शक र अनुयायी भन्दा चर्को र भद्दा नक्कल गर्दै अभ्यास गर्ने यही हो २१औं शदीको प्रचण्डपथको अभ्यास ? सिध्दान्त हुबहु कसैले लागू गर्न सक्तैन तथापि देखिने र अनुभूत गर्ने गरि लागू गर्न सकिने सिध्दान्त समेतको अवहेलना गरेर पार्टीको नीति, सिध्दान्त विचार र मर्म विपरितको बाटो हिँडेपछि कहाँ पुगिन्छ ?
माओवादी कार्यकर्ताले यसबाट के सिके त्यसको मूल्य शायद प्रचण्ड कमरेडको पार्टीले अहिले पाइ(पाइ गरेर चुकाइ रहेछ । जुवातास खेल्ने जाँड रक्सी खाने मान्छेलाई सार्वजनिक स्थलमा घाँस खुवाउने, भाटे कारबाही गर्ने र तास कोच्याएर निल्न लगाउने अनि श्रम शिविरमा राखेर यातना दिने माओवादी जन्युध्दकालीन कार्यकर्ता प्रचण्ड आफैं बसेर तास खेल्दै गरेको फोटो सार्वजनिक बन्दा कस्तो अनुहार लगाए होलान् प्रचण्ले पक्कै हेक्का नराखेका छैनन् होला ?
धर्म कर्म, पूजा, पाठ अवैज्ञानिक र मार्क्सवादी दर्शनको विपरित भन्दै मन्दिर भत्काउने, पूजापाठ गर्ने स्थलमा मलमुत्र फालिदिने बाउनको टुपी काटिदिने र जनै चुँडाली दिने कार्यकर्ता गाउँ गाउँमा उत्पादन गरेका प्रचण्ड आफैं भैंसी पूजक बनेर प्रथम प्रधानमन्त्रीत्वकालमा नै निस्के भने अहिले आएर आफ्नै विवाह पचास वर्ष पुगेको उपलक्ष्यमा भव्य भोज सहित गरेर कतिपय पुँजीवादी नेताले गर्न नसकेको प्रदर्शन गर्न सक्ने भए के यही थियो माओवादी जनयुध्दको वैज्ञानिक सांस्कृतिक नमूना ? धर्म अफिम र अन्धविश्वास भन्ने पुँजीवादी गलत संस्कृति र संस्कार ध्वस्त गरौं भन्ने अनि आफू चै पुँजीवादका पथप्रदर्शक र अनुयायी भन्दा चर्को र भद्दा नक्कल गर्दै अभ्यास गर्ने यही हो २१औं शदीको प्रचण्डपथको अभ्यास ? सिध्दान्त हुबहु कसैले लागू गर्न सक्तैन तथापि देखिने र अनुभूत गर्ने गरि लागू गर्न सकिने सिध्दान्त समेतको अवहेलना गरेर पार्टीको नीति, सिध्दान्त विचार र मर्म विपरितको बाटो हिँडेपछि कहाँ पुगिन्छ ।
एकातिर खोला अर्कोतिर साँघु यही होइन र प्रचण्डपथको दृष्टान्त ? मूल सफा रहे तल तलसम्मको पानी सफा रहन्छ तसर्थ प्रचण्ड आफैं विकृतिको धमिलो पानी हुन् उनी सफा र कञ्चन बन्नु अपरिहार्य छ यसो हुँदा क्रान्ति र नेपालको आमूल परिवर्तनको सपना देखेर पार्टीमा लाग्ने जिउज्यान दिने संघर्ष गर्ने र घाइते अङ्गभंग भएका मान्छेहरुको मनले सन्तोषको राहत पाउँथ्यो । कति सुन्दर सपना बोकेर माओवादी पार्टीमा लागेका नव जवान मान्छेहरू छन् तिनको सपनालाई पुन ब्युँताउन माओवादीहरूले मूल सफा गर्नु वान्छनीय छ तर त्यो सम्भावना देखिन्न ।
दोष र दण्डको भागीदार प्रचण्ड बन्नुपर्छ । माओवादी नेताकार्यकर्ता बन्नुपर्छ । चित्र फेर्ने दस्तावेज होइन चरित्र फेर्ने दस्तावेज आवश्यक छ । पार्टीको दस्तावेज चुनावी घोषणा पत्र आफैंमा कसैको नराम्रो लेखिन्न । निर्जीव अक्षर र पार्टीका दस्तावेजलाई सजिव र जीवन्तता दिने काम पार्टीका नेताकार्यकर्ताको व्यवहार, शैली, आचरण र अनुशासनले हो जसको पालनकर्ता र आदेशक प्रचण्ड हुन् स्वयम् उनी विचलन र अन्योलको भुमरीमा हुँदा कसरी पार्टी जनवादी नबनेर पुँजीवादी भन्दा पनि व्यक्तिवादी र मनोपोली भएर निस्कन्छ त्यसको उदाहरण नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतामा प्रचण्ड र ओलीको मत मिल्नु अरु नेताकार्यकर्ताहरूले सुइँकोसम्म नपाएर मन नलागी नलागी लत्रेर जानुपर्ने नियतिको खेल थियो र ? सैध्दान्तिक छलफल विचार र संगठनको तालमेल बिना स्वार्थको कारण गरिने मनोपोलीको एकता दुर्घटनाग्रस्त हुँदा शायद नेकपा माओवादीका नेताकार्यकर्ताले थाहा पाए होला नेता प्रधान होइन नीति प्रधान पार्टी मात्रै बलियो र मजबूत बन्छ । नीति विचार र सिध्दान्तलाई व्यवहारको कसीमा ढाल्ने काम नेता र कार्यकर्ताको हो ।
नीति राम्रो भएर पुग्दैन नेता राम्रो हुनुपर्छ नेता आफ्नो र देशको वास्तविक धरातल बुझेर हिँड्न सक्ने हुनुपर्छ आम पार्टीको सकस नै नेता नीतिगत शैली र व्यवहारिक आचरणको नहुनु हो । माओवादीहरूको प्रधान समस्या पनि आज त्यही हो जुन प्रचण्डले बारम्बार मिच्दै र कुल्चदै आएका छन् । परिणामत प्रचण्डको पार्टी त्यो सौर्य ऊर्जा त्याग र बलिदान युध्द र गर्विलो इतिहासबाट प्रतिरक्षात्मक स्थितमा आएर आज आफ्नो महाधिवेशन गर्दै प्रचण्ड नेतृत्वलाई एमालेको ओली नेतृत्व झैँ निर्विकल्प विकल्प मान्ने तरखरमा छ । ओलीको हकमा जम्मा दुई कार्यकाल मात्रै कार्यकारी भूमिकामा देखिन्छन भने प्रचण्ड २०४८ मा नेकपा एकताकेन्द्रको महामन्त्री भएदेखि पार्टीको प्रमुख कार्यकारी अधिकार सहित एकछत्र पार्टी सत्ताको हालीमुहालीमा छन् । आठौं महाधिवेशनमा पनि कमरेड प्रचण्डको नेतृत्व फेर्नुपर्छ भन्ने ह्याउ राखेर बोल्ने कार्यकर्ता छैनन् ।
मोहन बैद्य, बाबुराम, सिपि गजुरेल, राम बहादुर थापा, नेत्र बिक्रम चन्द आदिको बहिर्गमनपछि प्रचण्डलाई यहाँनेर चुक्यौ भनेर औंलो देखाउने नेताकार्यकर्ता नदिखिनु निश्चय नै नेतृत्वलाई भ्रष्टिकरण गर्ने काइदा हो । शक्ति निरन्तर क्षय भैरहँदा पनि एक्लै टाकुरामा बस्न मात्र रुचाउने स्वभाव प्रचण्डमा देखिन्छ । आत्मसमीक्षाको नाममा आत्मश्लाघा देखिनु र कमजोरीको दण्ड सजाय नहुनु नेतृत्वमा नै बसिरहनुले आत्म समीक्षा केवल भ्रम छर्ने शाव्दिक हतियार र सान्त्वना र सहानुभूति पाउने उपाय मात्रै हो भन्न सकिन्छ । जनवाद र समाजवादलाई महत्व नदिएर धनवाद र डनवादलाई आशिर्वाद संरक्षण र सहानुभूति दिएर वर्गीय पक्षधरता भुलेको माओवादीले सिध्दान्त विचार र व्यवहारको समन्वय गर्नु पर्ने देखिन्छ ।
कम्युनिस्ट आन्दोलनको ऊर्जा कता गयो पहिलो संविधानसभाबाट संविधान जारी गर्न नसक्नु कमजोरी भयो कि भएन कता चुक्यौ कता छुट्यो जनवादी सपना रु समाजवादमा पुग्ने फास्ट ट्रयाक दुर्घटनामा पर्नुको दोषी को रु शक्तिको लागि जति र जता पनि फ्लेकजिबल बन्ने कुन तत्व छ जुन आम कम्युनिस्टमा हुँदैन एमसीसी बारे खै प्रष्टता रु आत्मसमीक्षा विगतप्रति पश्चताप स्वास्थ्यको लागि औषधि होइन भान्सा परिवर्तन भन्ने कुरा पार्टीहरूको लागि दस्तावेज होइन आचरण व्यवहार र अनुशासन परिवर्तन भन्ने सन्देश हो ।
नेताकार्यकर्ताको चरित्र आचरण र व्यबहार नै पार्टीको सबैभन्दा ठूलो पुँजी र क्षति दुवै हो । माओवादी अहिले जुन क्षति र घाटाको व्यापारमा छ त्यो उसको कर्म जनित यथार्थ हो । उसले आफ्नो नैतिक र दार्शनिक धरातल गुमाएपछि जे पाउँछ त्यो आजका पार्टी र माओवादीहरुको साझा समस्या हो । भौतिक मूल्य जति नै भए पनि सामाजिक मूल्य र नैतिक धरातल गुमेपछि जे जस्तो परिणति देखिन्छ त्यो अहिले माओवादीले भोगेको जीवन्त अवस्था हो । नेकपा माओवादीले युध्द गरेर जितेको र हारेको स्थिति थिएन ।
निर्जीव अक्षर र पार्टीका दस्तावेजलाई सजिव र जीवन्तता दिने काम पार्टीका नेताकार्यकर्ताको व्यवहार, शैली, आचरण र अनुशासनले हो जसको पालनकर्ता र आदेशक प्रचण्ड हुन् स्वयम् उनी विचलन र अन्योलको भुमरीमा हुँदा कसरी पार्टी जनवादी नबनेर पुँजीवादी भन्दा पनि व्यक्तिवादी र मनोपोली भएर निस्कन्छ त्यसको उदाहरण नेकपा एमाले र तत्कालीन माओवादी केन्द्रको एकतामा प्रचण्ड र ओलीको मत मिल्नु अरु नेताकार्यकर्ताहरूले सुइँकोसम्म नपाएर मन नलागी नलागी लत्रेर जानुपर्ने नियतिको खेल थियो र ?
जित पनि नभएको र हार पनि भन्न नमिल्ने स्थितिबीच युध्द स्थगन गरेर वार्ता द्वारा शान्तिपूर्ण राजनीतिमा अवतरित हुँदा उसले जे गर्नु पर्थ्यो जुन सन्तुलन कायम गरेर राजनीतिमा आफ्नो वर्चस्व राख्नु पर्थ्यो त्यो सकेन । युध्दको धङ्गधङ्गी सत्तामा हुँदा पनि रहनु आफू कुन धरातल भएर कहाँ आइपुगेको छु सो विचार नगर्नु र जितको दम्भजस्तो गरि प्रस्तुत हुँदा पहिलोपटक प्रत्यक्षमा १२० सिट जित्दा पनि संविधान सभामा सबैभन्दा ठूलो पार्टी भएर पनि सरकार संचालन गर्न नसकेर प्रचण्डले राजिनामा दिनु र बाबुराम प्रधानमन्त्री बन्दा पनि संविधान सभाबाट संविधान जारी गर्न नसक्नु माओवादीका शान्ति सम्झौता पछिका प्रारम्भिक असफलता हुन् ।
सत्ताबाट बाहिरिनु र सत्तामा जानु राजनीतिक पार्टीका लागि सामान्य कुरा हुन् यद्यपि माओवादी जुन पृष्ठभूमि र जनाधार बोकेर राजनीतिमा आयो र सत्ताको सिँढी चढ्यो त्यो पृष्ठभूमि ती मान्छे र त्यो वर्ग समुदायलाई बिर्सेर जब रातारात पुँजीपति वर्गको हितकारी भएर निस्क्यो आफ्नो धरातल र आधारभूमि भुल्यो तब उसले राजनीतिमा मूल्यवान कुरा गुमायो । श्रमजीवी मजदूर किसान र गरीबको पक्षधरता बिर्सेर माओवादी जता हिँड्यो त्यसले उसको चरित्र र चित्रको पृथकता बुझ्न आम मान्छेलाई सहज भयो । २१औं शताब्दीमा समाजवादको नेपाली बाटो शीर्षकमा प्रचण्ड द्वारा आफ्नो पार्टीको आठौं अधिवेशनको बन्द सत्रमा प्रस्तुत दस्ताबेजको बकपत्रमा यी कुरा कतै सुसुप्त कतै प्रवल रुपमा देख्न पाइन्छ ।
बोक्रामा अर्कै कुरा अर्कै भए पनि माओवादी असफल हुनुको अन्तर्य यही हो आफूले बोकेको मुद्दा बिर्सेर नैतिक धरातल छोडेर पूँजीवादी आधुनिकताको ढोंगी खोलमा बेरिनु र कम्युनिस्ट नेताकार्यकर्ताको गुण त्याग्दै दलाल बिचौलिया र व्यापारीमा आफूलाई अनुवाद गर्नु । धनवाद, डनवाद र गुण्डाराजको मालिक बन्नु र तिनलाई प्रश्रय दिनुले कम्युनिस्टले आफ्नो मौलिकता गुमायो राजनीतिमा भ्रष्टीकरण व्यापारीकरण र अपराधीकरण अरु चरम उत्कर्षमा पुग्यो जसको संरक्षक माओवादी नेताकार्यकर्ता बने । प्रचण्ड नेता कम झन् कम्युनिस्ट नेता अति कम राजामहाराजा जस्ता बने यिनको मान, शान र ढाँचा राजामहाराजाहरूलाई माथ गर्ने भयो फलस्वरूप माओवादीहरू आज जे स्थितिमा आइपुगे त्यो उनीहरुद्वारा आर्जित क्षतिको उपलब्धि हो । ख्याती आर्जन गरेका माओवादी र तिनका नेता प्रचण्ड आज क्षति आर्जन गरिरहेछन ।
प्रचण्ड समग्रमा खराबपन बोकेर मात्रै आएका छैनन् । उनको संघर्ष योगदान र राजनीतिक उचाई अवमूल्यन नै गरिराख्ने विषय मात्र होइनन् । अनेकन परिस्थतिजन्य अप्ठ्यारा नियति र पारिवारिक अवस्था, छोराछोरीको अकल्पनीय मृत्यु, श्रीमतीको वेदनामय विरामी अवस्थाका बाबजुद राजनीतिमा प्रचण्ड जसरी अनवरत सक्रिय छन यो उदाहरणीय पक्ष हो । सुनको मखमली बिच्छौनामा सुतेर पनि अनिँदो रात काट्ने प्रतिकूलताबाट प्रचण्डले छुट्कारा पाउन माओवादी केन्द्रको मूल नेतृत्वमा बसी रहने र अरुमा क्षमता नदेख्ने मनस्थिति बदल्नु पर्छ । चामत्कारिक र बोल्ड डिसिजनमा माहिर प्रचण्डले भरे भोलि नै दुनियाँ चकित पार्ने निर्णय लिएर आफ्नो पार्टीको अधिवेशन समापन गर्ने अपेक्षा राखौ !
प्रतिक्रिया