काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राधिका शाक्यले लेखेको किताब कुनै उपन्यास नभएर सत्यमा आधारित भएको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित प्रथम महिला राधिका शाक्यको आत्मकथा ‘करुणा’को लोकार्पण समारोहमा उनले किताब केहीपनि नमिसिएको २४ क्यारेट सुनजस्तै पुस्तक भएको भन्दै सत्यमाथि कसैले प्रश्न उठाउन नसक्ने बताए । उनले भने, ‘मैले पढ्दा किताब राम्रै लाग्यो । उपन्यास होईन सत्य कुराको लिखत हो । यो कहानी, कथा होइन यो सत्य हो । यो केही पनि नमिसिएको २४ क्यारेट पुस्तक हो । यसमा केही अन्य कुरा मिसिएको छैन् । पुस्तकमा भएको सत्यमाथि कसैले प्रश्न उठाउन सक्दैँन् । म ढुक्क छु, साक्षि छु ।’
उनले भने, ‘अर्को यसबाट मैले केही कुराहरु थाहा पाएको छु । केही माग, इच्छाहरु रहेछन् । जन्म दिनमा फूल दिउ भने भोलिपल्ट याद आउछ । यतिका वर्ष यस्तै गरेर नै गयो । तर मेरो जन्मदिन भने उसले भव्यताका साथ मनाउने गरेकी छन् । ’यसको साथै, बाँच्ने मर्ने ठेगान नभएर घरखेत सबै सकाएर हिडेको मान्छे भएको हुनाले पाल्न सक्दिन्, पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर पहिलै प्रष्ट रुपमा भनेको पनि उनले सुनाए ।
उनले भने, ‘बाच्ने मर्ने ठेगान छैन्, न खेत छ न घर छ । केहीपनि छैन् । सबै सकाएर हिडेको मान्छे हुँ । एउटा श्रिमती पाल्छु भनेर धाक दिन पनि सक्दिन भनेर भन्ने गरेको थिए । त्यही भएर म पाल्न सक्दिन् पाल्न सक्ने हुत्ती भएको मान्छे होइन भनेर प्रष्ट भनेको थिए ।’
प्रतिक्रिया