काठमाडौं । फोर नेसन्स वुमन्स इन्टरनेसनल च्याम्पियनसिपमा नेपालले म्यानमारलाई २–२ गोलको बराबरीमा रोकेको छ।
दुई पटक कमब्याक गर्दै नेपालले फिफा वरियताको ५५ औं स्थानमा रहेको म्यानमार विरूद्ध बराबरी नतिजा निकालेको हो। म्यानमार लिग विजेता र नेपाल उप विजेता बन्दै फाइनलमा पुगे।
आजको खेलमा नेपालकी स्टार स्ट्राइकर साम्बाको प्रदर्शन प्रभावशाली रहयो। उनले एक एसिस्ट र एक गोल गरिन्। अर्को गोल सबिता राना मगरले गरिन्। म्यानमारको लागि म्याट नोइ खिन र मे टेट लुले एक–एक गोल गरे।
प्रतिक्रिया