काठमाडौं । सभामुख देवराज घिमिरेले महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
महाशिवरात्रि पर्वका अवसरमा आज शुभकामना व्यक्त गर्दै यस पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुग्ने उल्लेख गरेका हुन् ।
उनले भनेका छन्, ‘महाशिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र एकताको भावनालाई बलियो बनाउँदै सबैलाई सकारात्मक ऊर्जा, आत्मज्ञान, शान्ति र समृद्धि प्रदान गर्छ । यस पर्वले धर्म, आस्था, प्रेम, करुणा र मानवताका मूल्यमान्यतासँग जोड्न मद्दत पुगाउने गर्दछ ।’ महाशिवरात्रि हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख पर्व हो । यस पर्वमा भगवान् शिवको पूजाआराधना र तपस्या गरी मनाइन्छ ।
महाशिवरात्रिको विशेष महत्व धार्मिक, आध्यात्मिक तथा सांस्कृतिक रूपमा गहिरो छ । किंवदन्तीअनुसार यस रात शिव–पार्वतीको विवाह भएको दिन हो । यस दिनलाई भगवान् शिवले सृष्टि, संरक्षण र संहारको सिद्धान्तलाई आत्मसात् गरी ध्यानमग्न भएको दिनका रूपमा समेत स्मरण गरिन्छ ।
प्रतिक्रिया