चीनको समाजवादी गाउँमा सुजाता कोइराला

काठमाडौं । चीन भ्रमणमा रहेको नेपाली काँग्रेसको प्रतिनिधिमन्डलले समाजवादी  गाउँका रुममा पिडु जिल्लाको चाङ्सी गाउँको अवलोकन भ्रमण गरेको छ। 

पूर्व उपप्रधानमन्त्री सुजाता कोइराला नेतृत्वको प्रतिनिमन्डलले चीनियाँ विकास र उन्नतिको आधार बुझ्न चाङ्सी गाउँ सबैले पुग्नुपर्ने धारणा राखे । 

नेतृ कोइरालाले यो क्षेत्रमा उपयोग गरिएको मोडल नेपालमा पनि अपनाउन आफुले राज्यको ध्यानाकर्षण गर्ने बताइन् । 

नेतृ किरण यादवले चाङ्सी क्षेत्रमा जमिनको उपयोग, किसानलाई जिम्मेवारी र यहाँको दीर्घकालीन योजना अनुपम रहेको    बताइन् । 

नेपाली समूहलाई त्यहाँको अवस्थाबारे चिनियाँ नेता, कुटनीतिज्ञ, व्यवसायी र स्थानीयले बृफिङ गरेका थिए ।

प्रतिक्रिया