रौतहट । रौतहटको चन्द्रपुरमा रहेको केही औषधी पसल अवैध रुपमा संचालनमा रहेको पाइएको छ । औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजबाट आएको अनुगमन टोलीले अनुगमनका क्रममा फेला परेको हो ।
अनुगमन टोलीले चपुर सिटी अस्पतालको औषधी पसल, डल्फीन फार्मेसी, आयु मेडिकल हल अवैध रुपमा संचालनमा रहेको पाइएपछि तालाबन्दी गरेको हो । यस्तै हाईवे ट्रमा सेन्टरमा रहेको औषधी पसलमा पनि ताला लगाएको छ । फार्मेसीको दर्ता नभएको र आवश्यक कागजपत्र देखाउन नसकेपछि ताला लगाएर अनुसन्धानको लागि संचालक लाई बिभागमा हाजिर हुन भनिएको शाखा कार्यालय बिरगंजका प्रमुख अरबिन्द बानियाले जानकारी दिए । उनीहरुलाइ औषधी ऐन २०३५ अनुसार कारवाही हुने उनको भनाइ छ ।
केहि औषधी पसलहरुलाइ कागजपत्र नवीकरण गर्नेको लागि सात दिनको समय दिएको र औषधी व्यवस्था बिभाग वीरगंज शाखाका सम्पर्क राख्न समेत जानकारी गराइएको बानियाले बताए । रौतहटका करिब दुई दर्जन भन्दा बढी औषधी पसलको अनुगमन गरेको र दोषीलाई कडा भन्दा कडा कारवाही गरेर छाडने औषधी व्यवस्था बिभागको शाखा कार्यालय वीरगंजले जनाएको छ ।
प्रतिक्रिया