काठमाडौं । नेपाल वन प्राविधिक संघले नेपालका वन, वन्यजन्तु, वनस्पति तथा जैविक विविधताको संरक्षण, वैज्ञानिक वन व्यवस्थापन र समुदायमा आधारित सहभागितामूलक वन कार्यक्रमहरूको प्रवद्र्धनमा सक्रिय भूमिका निर्वाह गरिरहेको दाबी गरेको छ ।
संघको स्वर्ण महोत्सवका अवसरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी हालसम्मको उपलब्धि र भावी योजना सुनाउनेक्रममा उक्त दाबी गरेको हो । संघका अध्यक्ष राकेश कर्णले बन क्षेत्रको विकासमा सरकारसँगको सहकार्यमा नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रक्रियामा पैरवी र पक्षपोषण गरिरहेको बताए । उनले संघलाई आगामी दिनमा अझ शसक्त बनाउदै प्रभावकारी रूपमा कार्य गर्दै, दिगो वन व्यवस्थापन, सामुदायिक सहभागिता र वातावरण संरक्षणका क्षेत्रमा थप योगदान पुर्याउने प्रतिवद्धता पनि जनाए ।
प्रतिक्रिया