१५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली मडैमा

जनकपुर । मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको मडै पुगेको छ ।

सोमबार जलेश्वरमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री मडै प्रस्थान गरेका हुन् । धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली पाँचौ दिन जलेश्वर पुगेको थियो । आज छैठौं दिन मडैमा रात्रिविश्रामपछि सातौं दिन भोलि ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको वासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली  यात्रा सम्पन्न हुन्छ ।

नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ । परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
 

प्रतिक्रिया