कुलमान घिसिङसँग सरकारले प्रतिशोध साँधिरहेको विपक्षी सांसदको दावी

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले निरन्तर प्रतिशोध साँधि रहेको बताएका छन् ।

बुधबार  बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि सरकारले हटाउन अनेक बाहाना गरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने, ‘नेपाल सरकारको  तर्फबाट  विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निरन्तर सरकारले प्रष्टीकरण सोध्ने, सँगसँगै तारन्तार स्पष्टीकरण सोधेर पूर्वाग्रह साँधीरहेको हामीले मिडियाहरुमा बारम्बार सुनिरहेका छौं । उहाँको कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको हामीले सुनेका छौं । सरकार जसले एउटा राम्रोसँग काम गरेको, निरन्तर विषयवस्तुलाई बेवास्ता गरिरहेको छ । जसले विद्युत प्राधिकरणलाई नाफामा लगेको छ । आम नागरिकले राम्रो भनेका छन् ।

जनताले विद्युत प्राधिकरणलाई राम्रो भनेका छन् । तर, सरकारले शून्य अंक दिएको भनेर हामीले सुनेका छौं । सरकारको आफ्नै मन्त्रालयको मूल्यांकन नहेर्ने र ठीक ढंगले प्राधिकरणमा काम गरिरहेका व्यक्तिलाई शून्य अंक दिएको छ । त्यतिमात्र होइन् । लोडसेडिङले मुलुक आक्रान्त पारेको बेला प्राधिकरणलाई नाफामा लाने व्यक्तिमाथि निरन्तर प्रतिशोध साँधिएको छ ।’ 

साथै उनले सरकारले कुलमानलाई कार्यसम्पादन मूल्यांकनमा शून्य अंक दिएको भन्दै आपत्ति जनाए । कुलमानले आफ्नो कार्य सम्पादनमा झण्डै ९९ अंक दाबी गरेका थिए । तर, सरकारले शून्य अंक दिएको छ ।


 

प्रतिक्रिया