काठमाडौं । नेपाल क्रिकेट एशोशिएशन (क्यान)का प्रवक्ता छुम्बी लामाले देशका सातवटै प्रदेशमा क्रिकेटको पूर्वाधारहरु निर्माण भैरहेकाले भविष्यमा क्रिकेट खेलमा नेपाल अग्रणी अवस्थामा पुग्ने विश्वास व्यक्त गरेका छन्। नेपाल प्रिमियर लिग सम्पन्न भएपछि देशभर क्रिकेट खेलप्रतिको आकर्षण अझ वृध्दि भएको उल्लेख गर्दै प्रवक्ता लामाले राष्ट्रिय महिला टिमको प्रदर्शनले नेपाली खेलाडीहरुको आत्मविश्वास बढाउन थप योगदान गरेको चर्चा गरेका छन् ।
दृश्य टिभीसँगको संक्षिप्त सम्वादमा लामाले भने-
नेपाल प्रिमियर लिग (एनपिएल) सकिएपछि नेपाल क्रिकेट एशोशिएशन क्यानले विभिन्न राष्ट्रिय प्रतियोगिताहरुको आयोजना गरिराखेको छ। राष्ट्रिय महिला टिमले भर्खरै त्रिकोणात्मक सिरिज नेदरल्याण्ड र थाईल्याण्डसँग खेलेको थियो भने युगान्डामा हुने वुमन्स डे कप टि ट्वान्टी क्रिकेट खेल्न गएको छ। सँगसँगे अन्डर नाईन्टिनको टिम एशिया क्वालिफायरका लागि क्यानले विभिन्न प्रतियोगिता गरेर क्याम्पहरु संयोजन गरिरहेको छ।
सिनियर क्रिकेट टिमको लागि विभिन्न जिल्लाहरुमा प्रधानमन्त्री कपको लागि छनोट खेल सकेर प्रदेशको खेल पनि अन्तिम चरणमा पुगेर अबको २ दिनपछि राष्ट्रिय एकदिवसिय प्रधानमन्त्री कप प्रतियोगिता हुँदैछ ।
क्यानले क्रिकेट खेलको स्तर बढाउन विभिन्न प्रतियोगिताहरु आयोजना गरेर नयाँ पुस्ताका खेलाडीलाई समेत प्रोत्साहन गरिरहेको छ। नेपालमा उपलव्ध खेल पूर्वाधारहरुमा नै सुरक्षाको विषयलाई विशेष प्राथमितामा राखेर काम गरिराखेको छौं। त्यस्तै सरकारको लगानीमा तल्लो मुलपानी मैदानमा पिच निर्माणको काम हुँदैछ। सातवटै प्रदेशमा क्रिकेटको पूर्वाधारहरु निर्माण हुँदैछन्। यसमा सरकारको विशेष प्राथमिकता रहेको छ। यसो हुँदाखेरी क्यानले विगत भविष्यमा अन्डर नाइन्टिन एसिया क्वालिफाएर चाँहि नेपालमै आयोजना गर्दैछ। क्यानले धेरै भन्दा धेरे घरेलु प्रतियोगिता र अन्तर्राष्ट्रिय प्रतियोगिताको संयोजना गर्ने योजनामा छ। क्यानको क्यालेण्डर पनि हामी चाँडै प्रकाशन गर्दैछौं। https://youtu.be/STYjFT2hAsA?si=MqoezK_0b_e7sTvn
प्रतिक्रिया