स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

काठमाडौं । रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरीयता र जेष्ठता मिचिएको बताएकी छिन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको  बैठकमा बोल्दै उनले बढुवा गर्दा सरकारले वरीयता मिचेको भन्दै आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य सचिवको नियुक्ति भएको  छ । सिफारिसको आधारमा र वरिष्ठताका आधारमा एक नम्बरमा रहेकी डा.संगीता मिश्रलाई पन्छाएर अर्कैलाई सचिव नियुक्ति गरियो । क्याबिनेटले यस्तो निण्र्नय किन गर्यो, पुरुष मन्त्रीले महिला सचिवसँग कामै गर्न नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ? प्रधानमन्त्रीज्यू, स्वास्थ्य मन्त्रीज्यू र सामान्य प्रशासन मन्त्रीज्यूसँग यो संसदले जवाफ माग्नुपर्छ ।’ 

स्वास्थ्य मन्त्रालयको सचिवका लागि डा. संगिता कौशल मिश्रा, डा. टंकप्रसाद बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस भएको थियो । 

प्रतिक्रिया