काठमाडौं । सरकारले तमु ल्होसारका अवसरमा बिहीबार (पुस १५ गते) सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको गृहमन्त्रालयद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
तमु ल्होसारका अवसरमा देशभरका सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने निर्णय सरकारले गरेको मन्त्रालयको सूचनामा जनाइएको छ ।
प्रतिक्रिया