वुमन्स डे कपमा नेपाल र युगाण्डा खेल्दै

काठमाडौं । युगाण्डामा सुरु भएको चार देश सम्मिलित वुमन्स डे कपमा आजको पहिलो खेलमा घरेलु टोली युगाण्डा र नेपालबीच खेल हुँदैछ ।

दोस्रो खेलमा हङकङ र नामिबिया खेल्ने छन् । नेपालको खेल दिउँसो पौने १ बजेदेखि सुरु हुनेछ । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । युगाण्डाले भने शनिबार हङकङलाई हराएको थियो । यी सबै खेलहरू सकिएपछि चारमध्ये शीर्ष २ मा हुने टोलीले फाइनल खेल्ने छन् भने बाँकी दुई टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया