नेपालसँग युगान्डा १ विकेटले पराजित

काठमाडौं । युगान्डामा भईरहेको वुमेन्स डे महिला टि ट्वान्टी आई सिरिजमा घरेलु टोली युगान्डालाई  नेपालले १ विकेटले पराजित गरेको छ ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९ दशमलव ५ ओभरमा पुरा गरेको हो । नेपाली महिला टोली पहिलो पटक एसिया महादेश बाहिर गएर खेलिरहेको छ । सिरिजमा घरेलु टोली युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ । सिरिजमा सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष २ मा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतिक्रिया