मंगलवार विहानै देखि परेको हिउँले काठमाडौँ उपत्यका वरिपरिका डाँडाकाँडा सेताम्य भए । शिवपुरी, फुलचोकी लगायत चन्द्रागिरिका डाँडाहरु सेताम्य भएका छन्। यातायातको सहजताले गर्दा चन्द्रागिरिमा हिउँ खेल्न सौखिन पारखिहरुको घुईंचो लागेको थियो। चन्द्रागिरिमा काठमाडौं निवासी मात्र नभएर भालेश्वर महादेव र पृथ्वीनारायण शाहको मुर्ति पनि हिउँमा रमाइरहेको जस्तो लाग्थ्यो ।
प्रतिक्रिया