दमन र उत्पीडनको पिडा व्यहोर्नु परेको छैन : शंकर पोखरेल

रौतहट । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले कसैले पनि दमन र उत्पीडनको पिडा व्यहोर्न नपरेको बताएका छन ।

उनले राजतन्त्रको समयमा राजनीति गर्नेहरुले दमन व्यहोर्नु परेको कुरा स्मरण गराएका हुन । रौतहटको चन्द्रनिगाहपुरमा प्रेस चौतारी नेपाल मधेस प्रदेशको दोस्रो अधिवेशनको अवसरमा सोमवार आयोजित कार्यक्रममा बोल्दै उनले अहिले त्यस्तो किसिमको पिडा राजावादीहरुले व्यहोर्नु नपरेको बताए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पूर्वराष्ट्र अध्यक्षको हैसियतले सरकारले  सुरक्षा र संरक्षण दिदै आएको बताए । पूर्वराजालाई देशका कुनै पनि भागमा घुम्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै उनले  देशकै एक स्थान वाट अर्को स्थानमा जानु विशेष कुरा नभएको बताए  । 

लोकतान्त्रमा जनताको बिचमा जाने र बिश्वास प्राप्त गर्ने अधिकार भएकाले आफुलाइ राजावादी भन्नेहरुले पनि पाटी खोलेर जनता माझ आएको र पटक पटक मन्त्री समेत भएको टिप्पणी गरे । अहिलेको संविधानमा बदलाब ल्याउन जुनसुकै दल वा राजावादीको इच्छा भए जनताको बिश्वास जितेर संसदमा दुई तिहाई ल्याउनु पर्नेमा उनले जोड दिए । सो  कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले सो संगठनका मधेस प्रदेश अध्यक्ष फणी महतको उपचारका लागि १ लाख रुपैँया प्रदान गरेका छन ।
 

प्रतिक्रिया