काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकार आएर जनताहरु असन्तुष्ट र आक्रोसित भएको कुरामा कुनै सत्यता नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी भएको अहिले रिसाए भन्ने कुरामा पट्टकै चित्त बुझाउन नसकिने बताए । उनले भने, ‘जनता असन्तुष्ट छन्, र त्यो जनताहरु आक्रोसित पनि छन् । यो आक्रोसलाई नजरअन्दाज गर्नु हुदैँन् भन्ने कुरा म पनि मान्छु । ती जनताहरुको कुरा सुन्नु पर्छ र उनीहरुसँग संवाद गर्नुपर्छ भन्ने कुरा पनि मान्छु । तर उनीहरु किन रिसाएका छन् भन्ने कुरामा अहिले यो सरकार छ त्यही भएर रिसाएका हुन्, यो सरकार आउनुभन्दा अगाडि एकदमै खुसी थिए, यो सरकार आए त्यही भएर रिसाए भन्ने कुरामा भने पट्टकै चित्त बुझाउन सकिदैँन् । यसको साथै, उनले प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो तर समस्यालाई संकटको रुपमा व्याख्या गर्ने गरि प्रश्न नगर्न आग्रह गरेका छन् ।
उनले भने, ‘प्रतिपक्ष दलले प्रश्न गर्ने नै हो, गर्नै पर्छ तर हामीले यसरी व्याख्या गर्छौ कि यो समस्या होईन संकट हो । गयो, गयो डुब्यो सक्यो, भत्कियो, म हुदाँ ठिक थियो, क नहुदाँ सकियो । म भन्दा राम्रो कोही छैन् म र मेरो समुह बाहेक बाँकी रहेको मानिसहरु सब खतम, सब भ्रष्ट र अयोग्य हुन् भन्ने प्रवृत्ति छोड्नु पर्ने पनि उनको भनाई छ ।
प्रतिक्रिया