काठमाडौं । युगान्डामा भईरहेको वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार खेलिएको आफ्नो चौथो खेलमा पनि नेपाली टोली पराजित भएको छ ।
नामिबियाले नेपाललाई २३ रनले हराएको हो । शृंखला युगान्डामा सञ्चालन भइरहेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने निर्धारित ओभरमा पाँच विकेट गुमाएर एक सय दुई रनमात्र बनाउन सक्यो । उक्त शृंखलामा नेपाल, युगान्डा, नामिबिया र हङ्कङ सहभागी छन् । चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिच फाइनल खेल हुनेछ ।
प्रतिक्रिया