१५ गते वृहत् जनसभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । विपक्षी चार दलको समाजवादी मोर्चाले चैत १५ गते राजधानी काठमाडौंमा वृहत् जनसभाको आयोजना गर्ने भएको छ ।

आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको बैठकमा सहभागी नेता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले बताए । उनले भने, ‘१५ गतेको यो एकदमै वृहत् प्रदर्शनको कुरा छ त्यसलार्ई भव्य बनाउने । हजारौँ जनताको सहभागितालाई सुनिश्चित गर्ने र  अहिले जसरी प्रतिगामी कदम र  हर्कतहरु जो  बढिरहेका छन् त्यसलाई क्रस गर्ने गरीकन अर्थात त्यसलाई असफल गर्ने गरीकन १५ गतेको कार्यक्रमलाई सम्पन्न गर्नुपर्छ भन्ने  निर्णय गरिएको छ । संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको कुरा समाजवादतिरको यात्रालाई सहज बनाउने र वातावरण बनाउन छलफल बनाउने भन्ने निर्णय गरिएको छ ।’

यस्तै, एकपछि अर्को गर्दै परिस्थिति गम्भीर बनेको निष्कर्ष निकाल्दै मोर्चाले प्रदर्शन अगाडि भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको छ । दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने समेत उनले बताए ।

उनले भने, ‘भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँगको  अन्तरक्रिया, उहाँहरुसागको परामर्श गर्ने कार्यक्रम राखिएको छ ।  दुई ढाई घण्टा त्यो  अन्तरक्रिया चल्छ ।  साथै दिउँसो साढे २ बजे पत्रकार सम्मेलन आयोजना गरिने छ  । कुपण्डोलको हिमालयन होटेलमा दुवै कार्यक्रमहरु हुने छन् ।’
 

प्रतिक्रिया