नेपालसँग हङकङ ६ विकेटले पराजित

काठमाडौं । युगाण्डामा जारी वुमन्स कप टि ट्वान्टी आई सिरिजमा नेपालले सान्त्वना जित हासिल गरेको छ ।

लिग चरणको अन्तिम खेलमा नेपालले हङकङलाई ६ विकेटले हराउँदै सान्त्वना जित हात पारेको हो । हङकङले दिएको १ सय ५ रनको लक्ष्य नेपालले १९ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । सिरिजको लिग चरणको खेल समाप्त गर्दा नेपालले ६ मध्ये २ खेल जितेको छ । नेपालले आइतवार तेस्रो स्थानका लागि हुने प्लेअफ खेल्नेछ । आजै हुने युगाण्डा र नामिबियाबीचको खेल पछि फाइनल खेल्ने टोलीको टुंगो लाग्नेछ ।

प्रतिक्रिया